भारतले दियाे नेपाललाई ११ टन राहत सामग्री

 कात्तिक १९, २०८० आइतबार १९:३४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतले जाजरकाेट भूकम्प पीडितका लागि १० कराेड रुपैयाँ बराबरकाे आपत्कालीन राहत सामग्रीकाे पहिलाे खेप नेपाललाई हस्तान्तरण गरेको छ ।

आज आइतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । भारतले हस्तान्तरण गरेकाे ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीमा त्रिपाल, कम्बल र डस्ना, झोलाका साथै आवश्यक औषधि र 'पोर्टेबल' भेन्टिलेटर लगायत छन् ।

घनिष्ट मित्र र छिमेकीका रूपमा नेपालमा भूकम्प पीडितलाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको राजदूत श्रीवास्तवले बताउनुभयो । आउँदा दिनमा राहत सामग्रीका थप खेप नेपाल आइपुग्ने जनाइएकाे छ ।

भारतले २०७२ सालकाे भूकम्पपछिको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा पुनःनिर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर सहयोग गरेको थियो भने गोरखा र नुवाकोटमा ५० हजार घरको पुनःनिर्माणसमेत गरेको थियो ।

गएकाे शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया