जनचेतनाको अभावमा कालीकोटका नागरिक स्वास्थ्य बीमा सेवाबाट वञ्चित

 माघ २९, २०८० सोमबार १२:३०:११ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट - कालीकाेटमा स्वास्थ्य बीमा लागू भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बीमा गराएका छन् । २०७४ सालमा जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको थियो ।

२०७८ को जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या १ लाख ४५ हजार २ सय ९२ रहेको छ । पुरुषको जनसंख्या ७२ हजार २ सय ४५ र महिलाको जनसंख्या ७३ हजार ४७ छ । अझै पनि  ९२ हजार १ सय ५३ अर्थात् ६३ प्रतिशत नागरिक स्वास्थ्य बीमा कार्यक्रममा समावेश भएका छैनन् ।

स्वास्थ्य बीमाका बारेमा स्थानीयलाई पूर्ण जानकारी नहुनु, घर–घरमा जनचेतना नपुग्नु  र सम्बन्धित निकायले चासोका साथ कार्यक्रम कार्यान्वयनमा ध्यान नदिँनु जस्ता समस्याले कालीकाेटका सबै नागरिकहरु स्वास्थ्य बीमाको पहुँचमा पुग्न सकेका छैनन् ।

सरकारले अपाङ्गता,  अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित र जेष्ठ नागरिकको नि:शुल्क बीमा गर्ने व्यवस्था गरेको छ भने अन्यको शुल्क लिएर एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गर्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका वर्गलाई बीमाले लाभ हुने भए पनि त्यसबारे जानकारी नै नहुँदा उनीहरु बीमा सेवाबाट वञ्चित छन् । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया