अब नेपाली नागरिकले भारतमा सजिलै सिम कार्ड लिन पाउने

 फागुन ८, २०८० मंगलबार १५:२२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अब नेपाली नागरिकले भारतमा सहजरूपमा भारतीय सिम कार्ड लिन पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डाक्टर शङ्कर शर्माले नेपाली नागरिकले अब सजिलै भारतीय सिम कार्ड पाउने जानकारी दिनुभएको  छ ।

आफ्नो बारम्बारको पहलपछि भारतको सञ्चार मन्त्रालयअन्तर्गतको दूरसञ्चार विभागले नेपाली नागरिकका लागि सिम कार्डको 'केवाईसी इन्स्ट्रक्शन' संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको उहाँले बताउनुभएको छ । यो व्यवस्था भुटानका नागरिकका लागि पनि लागू हुनेछ ।

अहिले नेपालीहरू भारत जाँदा सिम कार्ड नपाएर समस्यामा पर्ने गरेका छन् । कतिपयले त्यहाँ रहेका आफन्तको सिम कार्ड मागेर काम चलाउनुपर्ने बाध्यता थियो । अब भने नेपालबाट सिधै भारतमा जाने नेपालीहरूले आफ्नो राहदानी, मतदाता परिचयपत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सिम लिन सक्नेछन् । तर नेपालबाहेक अन्य ठाउँबाट भारतमा प्रवेश गर्दा वैध भिसा र टिकटसहितको राहदानी अनिवार्य देखाउनुपर्नेछ ।

एक पटकमा सिम कार्डको वैधता अधिकतम तीन महिनासम्मको हुनेछ । यस्तो सिममा अन्तर्राष्ट्रिय रोमिङ अनुमति भने हुनेछैन ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया