कालिकोटमा करेन्ट लागेर दुई जनाको ज्यान गयो

 फागुन २६, २०८० शनिबार १२:२:३७ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कालीकोटको नरहरीनाथ गाउँपालिका वडा नम्बर ८ कालढुङ्गा भन्ने ठाउँमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नरहरीनाथ ८ का ४३ वर्षीय केशव थापा र २७ वर्षीय गंगा थापा रहेका वडा नम्बर ९ का अध्यक्ष प्रदिप बोहराले जानकारी दिनुभयो ।

पुरानो पोल उखेल्ने क्रममा पुरानो पोलले नयाँ पोललाई छुँदा उनीहरुलाई करेन्ट लागेको हो । त्यहाँ नेपाल विद्युत् प्राधिकरणले ६ महिना अघि ११ हजार भोल्टेजको प्रसारण लाइन पुर्‍याएको हो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया