मिलेनियम म्यानपावरद्वारा इजाजत खारेजीको माग, कसैको लेनदेन भए विभागमा सम्पर्क गर्न आग्रह

 असार ६, २०७९ सोमबार १८:२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार व्यवसाय सञ्चालनको लागि इजाजतपत्र प्राप्त संस्था मिलेनियम म्यानपावर कन्सल्टेन्सी प्रालीले इजाजत पत्र खारेजीको माग गरेको छ ।

कम्पनीले इजाजत पत्र खारेजीको माग गरेसँगै त्यो कम्पनीसँग लेनदेन भएको भए सम्पर्क गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । धरौटी रकम फिर्ता र बैंक ग्यारेन्टी फुकुवा गरी पाउँ भनि निवेदन दिएकाले यदि कसैलाई यसले असर पर्ने भए सूचना प्रकाशित भएको ३५ दिनभित्र विभागमा सम्पर्क गर्न विभागको आग्रह छ । मागबमोजिम खारेज गरी धरौटी रकम फिर्ता र बैंक ग्यारेन्टी फुकुवा भइसकेपछि कसैले पनि कम्पनीउपर हकदाबी गर्न नमिल्ने विभागले जनाएको छ ।


 

तपाईको प्रतिक्रिया