नेभिगेशन

पहिरोले राप्ती राजमार्ग अवरुद्ध

दाङ – राप्ती राजमार्गको दाङ–सल्यान सडक पहिरोले अवरुद्ध छ । दुवै जिल्लाको सिमाना नजिकै सल्यान कपुरकोट गाउँपालिका–३ मा ठूलो पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बावुराम बस्नेतले जानकारी दिनुभयो ।

हिजो साँझ ६ बजेदेखि पहिरोका कारण गाडी आवत जावत ठप्प भएको प्रहरीले जनाएको छ । पहिरो निरन्तर खसेका कारण गएराति खुलाउन समस्या भएको थियो । अहिले पनि डाेजर लगाएर पहिरो हटाउने काम भइरहेको छ ।

पहिरोका कारण सडकबिचमै गाडीहरु रोकिएका छन् । ठूलो पहिरो झरेका कारण पहिरो हटाउन समय लाग्ने प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । सडक नखुलेसम्मका लागि यात्रु तथा गाडी चालकलाई आवतजावत नगर्न भनिएको छ । प्रहरीले सडक अवरुद्धका बेला अनावश्यक यात्राबाट जोगिन र पूर्णरूपमा सडक खुलाएपछि मात्र सुरक्षित यात्रा गर्न समेत सबैलाई आग्रह गरेको छ । 

प्रकाशित मिति:
थप समाज