नेभिगेशन

बबई नदीमा डुबेर दुई किशाेर बेपत्ता

दाङ – दाङमा बबई नदीमा डुबेर दुई जना किशाेर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा तुलसीपुर उपमहानगरपालिका–७ झुमरेका १७ वर्षीय विधान केसी र तुलसीपुर–५ न्यु ज्ञानज्योति स्कुल नजिकै बस्ने १८ वर्षीय कुशल बुढामगर रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

बबई गाउँपालिका–५ छहरा नजिकै बबई नदीमा नुहाउने क्रममा आज दिउँसो उनीहरू डुबेर बेपत्ता भएका हुन् । उनीहरूको खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति:
थप समाज