नेभिगेशन

जुवातास खेलेका वडाअध्यक्ष र इन्जिनियरसहित १३ जना पक्राउ

दाङ – घोराही उपमहानगरपालिका–१८ का वडाअध्यक्ष र इन्जिनियरसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठेकोलको एक होटेलमा जुवातास खेलिरहेको सूचनाका आधारमा गएराति वडाअध्यक्ष भरतमणि अर्याल र घोराही उपमहानगरपालिकामै कार्यरत इन्जिनियर प्रवीण रावतसहित १३ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यसैगरी घोराही १८ का कृष्णबहादुर घर्ती, पूर्व इन्सपेक्टर नारायणप्रसाद अधिकारी, मितेरी अस्पतालका सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम के.सी., लङ्कबहादुर बुढा, सागर बुढा र राप्ती गाउँपालिका–२ का तेजप्रसाद आचार्य पनि पक्राउ परेका प्रहरीले जनाएको छ । जुवाको खालबाट तीन लाख ४५ हजार नौ सय १५ रुपैयाँ र तीन बुक तास बरामद भएको छ ।

त्यस्तै प्रहरीले गएराति मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका घोराही–१८ का अनुप कशौधन, घोराही–१५ का ज्ञानेन्द्र रिजाल, एकराज खत्री र घोराही–१४ का सोहेलमान मनसुरीलाई पनि पक्राउ गरेको छ । उनीहरूको साथबाट ६० हजार छ सय ४० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज