नेभिगेशन
बिहीबार, असोज १, २०८३

दाङमा साढे ६ हजारभन्दा धेरै घरको छाना फेर्न बाँकी

दाङ – साढे छ हजारभन्दा धेरै घरमा टिनको छाना लगाउन बाँकी रहेको छ । सङ्घीय शहरी विकास तथा भवन निर्माण कार्यालय दाङले सुरक्षित आवास कार्यक्रम अन्तर्गत खरको छाना हटाई टिनको छाना लगाउन छनोटमा परेका नौ हजार नाठ सय ७९ घरमध्ये छ हजार छ सय १२ घरमा टिनको छाना लगाउन बाँकी रहेको जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत खरको छाना हटाएर टिनको छाना लगाउनका लागि स्वीकृत भएका १३ हजार पाँच सय ८७ घरमध्ये आर्थिक रूपमा विपन्न नौ हजार आठ सय ७९ घर छनोटमा परेका थिए ।

सङ्घीय शहरी विकास तथा भवन निर्माण कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर मिलन अर्यालले छनोटमा परेका घरमध्ये चार वर्षको अवधिमा तीन हजार दुई सय ६७ विपन्न नागरिकका घरमा टिनको छाना लगाउने काम सकिएको बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म टिन लगाउने काम सकिएका तीन हजार दुई सय ६७ घर रहे पनि पहिलो किस्ता लग्ने चार हजार छ सय ५३ घरपरिवार रहेका छन् । सरकारले खरको छाना हटाई टिनको छाना लगाउनका लागि शुरुमा ४५ हजार पहिलो किस्ता र काम सकिएपछि दोस्रो किस्ताका रूपमा ३० हजार रुपैयाँ दिने गरेको छ ।

प्रकाशित मिति:
थप समाज