नेभिगेशन
मंगलबार, कात्तिक २४, २०८३

कर्णालीमा करेन्ट लागेर तीन वर्षमा ३३ जनाले ज्यान गुमाए : सुरक्षा पूर्वाधारमा सरकारको कमजोरी

कालिकोट - कर्णाली प्रदेशमा करेन्ट लागेर पछिल्ला तीन वर्षमा ३३ जनाले ज्यान गुमाएका छन् । विकासको पर्याय मानिएको विद्युतीकरण बढे पनि आवश्यक सुरक्षाका मापदण्ड पालना नहुँदा र जीर्ण संरचनाका कारण ज्यान गुमाउनेको संख्या बढेको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालय, वीरेन्द्रनगर सुर्खेतको तथ्याङ्कअनुसार बितेका तीन वर्षको अवधिमा करेन्ट लागेर ३३ जनाले ज्यान गुमाएका हुन् । यो अवधिमा अन्य ४ जना करेन्ट लागेर गम्भीर घाइते भएका छन् । प्रदेशको राजधानी रहेको सुर्खेत जिल्ला विद्युतीय दुर्घटनाको सबैभन्दा जोखिमपूर्ण जिल्ला रहेको छ । त्यहाँ १४ जनाले ज्यान गुमाएका छन् । 

सुर्खेतपछि रुकुम पश्चिममा ५ जना, सल्यान, जुम्ला र कालीकोटमा ४–४ जनाले, दैलेख र जाजरकोटमा १–१ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा ज्यान गुमाउने संख्या १२ छ । विद्युतीय दुर्घटना हुनुमा नागरिकको असावधानीसँगै सरकारी निकाय र विद्युत् प्राधिकरणको कमजोरी मुख्य कारण रहेको छ । 

नाङ्गो तार, होचा र जीर्ण पोलले जोखिम थपेको छ । सामान्य हावाहुरी चल्दा समेत तार चुँडिने र पोलमा करेन्ट प्रवाह हुने समस्या छ ।

 

प्रकाशित मिति:
थप समाज