नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

महँगी र बेरोजगारी नियन्त्रणमा सरकार असफल : नागरिक समाज

काठमाण्डौ - स्वतन्त्र नागरिक समाजले वर्तमान सरकारको १०० दिनको कार्यकालले नागरिकमा अपेक्षित आशा जगाउन नसकेको टिप्पणी गरेको छ । 

सरकारको १०० दिनको समीक्षा गर्न आज काठमाण्डौको माइतीघरमा आयोजित कार्यक्रममा वक्ताहरूले सरकारका कामकारबाहीबारे मिश्रित प्रतिक्रिया दिएका हुन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकार बनेपछि महँगी, बेरोजगारी र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप बढेको आरोप लगाउनुभयो । सरकारले संसदलाई भूमिकाविहीन बनाएको, अध्यादेशमार्फत कानुन संशोधन गरेको र भ्रष्टाचार नियन्त्रणमा पक्षपातपूर्ण व्यवहार देखाएको उहाँको दाबी थियो । 

यद्यपि, शिक्षा क्षेत्र र केही प्रशासनिक सुधारका कामलाई भने सकारात्मक रूपमा हेरिएको छ । शिक्षाविद् प्राध्यापक डाक्टर नारायण कोइरालाले कक्षा १० र १२ को नतिजा छिट्टै सार्वजनिक हुनु, पाठ्यक्रम सुधार र विद्यालय म्यापिङ हुनु उत्साहजनक रहेको बताउनुभयो । 

त्यस्तै, राजनीतिक विश्लेषक देवेश झाले भ्रष्टाचारविरुद्धको अभियान, सरकारी जग्गा अतिक्रमण हटाउने कार्य र ड्राइभिङ लाइसेन्स वितरणमा भएको सुधार प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । 

तर जनजीविका र सुकुम्वासी व्यवस्थापनमा सरकार अझै गम्भीर हुनुपर्ने उनीहरूको सुझाव छ ।   

प्रकाशित मिति:
थप राजनीति