नेभिगेशन

बझाङमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

काठमाण्डौ - बझाङको केदारस्यूँ गाउँपालिका–७ को सुंगरे क्षेत्रमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन्।

घाइतेहरूको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ भने घाइते भएका अन्य यात्रुको उद्धार तथा उपचारको व्यवस्था भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शनिबार दिउँसो सडकबाट झण्डै ३०० मिटर तल खसेको जीपमा  १६ देखि १७ जना सवार रहेका थिए । दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
थप समाज