नेभिगेशन

पहिराेमा पुरिएर कालीकोटमा २ जनाको ज्यान गयो

कालीकाेट – कालीकोटमा पहिराेमा पुरिएर २ जनाको ज्यान गएको छ । सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ६ काप्रिखोलामा रहेको पानी घट्टमा अन्न पिस्न गएका बेला पहिरोमा परेर ४६ वर्षीय मन्दिर सावँद र ७६ वर्षीय लालबहादुर सावँदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

उनीहरू बिहान ६ बजेतिर अन्न पिस्नका लागि घट्टमा बसिरहेका बेला पहिरोले पानी घट्टसहित पुरेको थियो ।

घटनाबारे स्थानीयवासीले दिउँसो साढे १ बजेतिर प्रहरी चौकी मेहलमुडीलाई जानकारी गराएका थिए । त्यसपछि गएको प्रहरीले शव निकालेको हो ।

प्रकाशित मिति:
थप समाज