नेभिगेशन

सेउती पुल नजिक जीप दुर्घटना हुँदा दुईको जनाको ज्यान गयो

काठमाण्डौ - नेपाल विद्युत् प्राधिकरण धरान कार्यालय सुनसरीको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । 

धरान–इटहरी कोशी लोक मार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० सेउती पुल नजिक गए राति जीप दुर्घटना भएको हो । बा १ ञ १६५१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । 

दुर्घटनामा चालक धरान–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्यको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका धरान २० का पदम राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । 

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज