नेभिगेशन

अवरुद्ध वीपी राजमार्ग पनि खुल्यो

काठमाण्डौ– वर्षाका कारण बाढी तथा पहिरोले अवरुद्ध वीपी राजमार्ग खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घुुमाउने, चारसयबेसी, गिम्दी, तिनथलीलगायतका ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । मनसुन अवधिभर वीपी राजमार्गमा स्थानीय प्रशासनले रातमा गाडी चलाउन रोक लगाउँदै आएको छ  । यस्तै कान्तिलोकपथ बन्द छ ।

कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाङदुरमा पहिरो खस्दा गाडीको आवागमन रोकिएको हो । प्रहरीका अनुसार चापागाउँ हुँदै हेटौंडातर्फ जाने बाटो बन्द छ ।

यस्तै अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा पहिरो जाँदा र भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा सडक भासिदा गाडीको आवागमन प्रभावित भएको छ ।

प्रकाशित मिति:
थप समाज