नेभिगेशन

नारायणगढ–मुग्लिन सडकमा दुई वटा बस र ट्रक ठोक्किएपछि अवरुद्ध सडक खुल्यो

काठमाण्डौ - नारायणगढ–मुग्लिन सडक खण्ड चितवनको इच्छाकामना–६ जलविरेमा दुई वटा बस र एउटा ट्रक ठोक्किँदा अवरुद्ध सडक खुलेको छ ।

गएराति १० बजेदेखि बन्द यो सडक आज बिहान ६ बजेदेखि खुलेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार सडक खुलेपछि गाडी चल्न थालेका र त्यही क्रममा गाडी ठोक्किएका हुन् । दुर्घटना लगत्तै बन्द सडक सवा ८ बजेतिर खुलेको हो ।

काठमाण्डौबाट दाङका लागि छुटेको लुम्बिनी प्रदेश ०३–००१ ख०५०५ नम्बरको बस र सर्लाहीबाट काठमाण्डौका लागि छुटेका मधेश प्रदेश ०३–००२ ख ७३२ नम्बरको बस र ७३२ नम्बरको बस पछाडि रहेको बागमती प्रदेश ०३–००१ ख १६७१ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा २६ जना यात्रु घाइते भएका छन् ।

घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ । चितवन प्रहरीले सडकमा लेन अनुशासन कायम गरी गाडी चलाउन आग्रह गरेको छ । 

प्रकाशित मिति:
थप समाज