नेभिगेशन

एशियाली खेलकुद : नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने

काठमाण्डाै – जापानमा हुने एशियाली खेलकुद २०२६ अन्तर्गत पुरुष क्रिकेटतर्फ नेपाल समूह ‘ए’ मा परेको छ ।

यो समूहमा नेपालसँगै अफगानिस्तान र जापान रहेका छन् । आज सम्पन्न ‘ड्र’ बाट समूहमा रहने टोलीको टुङ्गो लागेको हो । यस्तै समूह ‘बी’ मा हङकङ, मलेशिया र ओमान रहेका छन् ।

समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । भारत, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तानले भने सीधै क्वाटरफाइनलमा खेल्नेछन् ।

नेपाली क्रिकेट टोली यसअघि सन् २०२२ मा चीनमा भएको एशियाली खेलकुदमा क्वाटरफाइनलसम्म पुगेको थियो । नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो ।

सिङ्गापुरमा भएको एशियाली खेलकुद छनोटमा अपराजित रहँदै नेपाल एशियाली खेलकुदमा छनोट भएको थियो ।

प्रकाशित मिति:
थप खेलकुद