नेभिगेशन

५९ वर्षकाे उमेरमा गाेल गर्ने ‘किङ काजु’

काठमाण्डाै – पाेर्चुगलका क्रिस्टियानो रोनाल्डो ४१ वर्षका भए, धेरैले अब उनी व्यावसायिक फुटबलबाट टाढिने अनुमान गर्छन् । अर्जेन्टिनाका ३९ वर्षीय लियोनल मेसीले सन्न्यास लिने चर्चा छ । केप भर्डेका ४० वर्षीय भोजिन्हा चिलीको शीर्ष डिभिजन क्लबमा आबद्ध हुँदा अचम्म मान्नेहरू कम छैनन् ।

तर उनीहरूभन्दा झन्डै २० वर्ष जेठा काजुयोशी मिउराले जापानको तेस्रो डिभिजनमा गोल गरेका छन् । विश्वका सबैभन्दा पाका व्यावसायिक फुटबल खेलाडी मिउराले ५९ वर्षको उमेरमा अस्ति शनिवार गोल गरेका हुन् ।

जापानका पूर्व राष्ट्रिय खेलाडी मिउरा ‘फुकुशिमा यूनाइटेड’ बाट खेल्दै आएका छन् । फुकुशिमा युनाइटेडले ‘एम्पेरर्स कप’ अन्तर्गत भएको खेलमा ‘इवाकी फुरुकावा’ लाई ७–० ले हराउँदा मिउराले ५२औँ मिनेटमा गोल गरे ।

जापानमा ‘किङ काजु’ उपनामले चिनिने मिउरा देशका सर्वाधिक मन पराइएका खेलाडीहरूमध्ये एक हुन् । उनी आफ्नो टोलीबाट अग्रपङ्क्तिबाट खेल्छन् ।

जापानका लागि ८९ खेलमा ५५ गोल गरेका मिउराले ६० वर्षको उमेरपछिसम्म पनि फुटबल खेलिरहने चाहना व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
थप खेलकुद