नेभिगेशन

नेपालका दुई स्केटिङ खेलाडीले एशियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने

नेपालका दुई जना स्केटिङ खेलाडीले आउँदो २०औं एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने भएको छ ।

अबको डेढ महिनापछि जापानमा हुने २०औं एसियन गेम्समा नेपालको २२ वटा खेल विधाका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । तीमध्ये एक रहेको नेपाली स्केटिङ खेलाडीले थाइल्याण्डको बैंककमा तयारी गर्ने भएका हुन् । दुई जना पुरुष खेलाडी गजेन्द्र बर्देवा र शरदकुमार राईले एक महिनासम्म बैंककमा प्रशिक्षण गर्नेछन् ।

उनीहरूले थाइल्याण्डको राष्ट्रिय टोलीसँग नै अभ्यास गर्ने नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले जानकारी दिनुभयो । त्यसका लागि उनीहरू आज बैंकक प्रस्थान गर्नेछन् । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का भएको कार्यक्रमका बीच उनीहरूलाई बिदाई गरिएको छ ।

एसियाडमा दुवै खेलाडीले स्ट्रिट विधामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । उनीहरूसँगै प्रशिक्षकमा विजय तामाङ पनि जानेछन् । बैंककको हुआ मक स्केट पार्कमा उनीहरुले प्रशिक्षण गर्ने तालिका रहेको छ । 

प्रकाशित मिति:
थप खेलकुद