नेभिगेशन

इटालीका महान् फुटबलर बारेसीको ६६ वर्षको उमेरमा निधन

काठमाण्डाै – इटालीका महान् फुटबलर फ्रान्को बारेसीको ६६ वर्षको उमेरमा आज निधन भएको छ ।

बारेसी सन् १९८० देखि ९० को दशकमा एसी मिलानको कप्तान रहेका थिए । बारेसी २२ वर्षको उमेरमा एसी मिलानका कप्तान बनेका थिए । मिलानले उनको निधनको पुष्टि गरेको छ ।

मिलानले ३ पटक युरोपेली कप र ३ पटक इटाली लिग उपाधि जित्दा बारेसी टोलीको सदस्य थिए ।

फुटबल इतिहासकै उत्कृष्ट डिफेन्डरमा मानिले बारेसी सन् १९८२ मा इटालीले विश्वकपको उपाधि जित्दा टोलीको सदस्य थिए । सन् १९९४ को विश्वकपमा इटाली उपविजेता बन्दा पनि उनी टोलीको सदस्य थिए ।

बारेसीले इटालीबाट ८१ र एसी मिलानबाट ७१९ खेल खेले । उनले सन् १९९७ मा खेल जीवनबाट सन्न्यास लिएका थिए ।

प्रकाशित मिति:
थप खेलकुद