नेभिगेशन

भविष्यमा इङ्ग्ल्यान्डको प्रशिक्षक बन्न स्टोक्स इच्छुक

काठमाण्डाै – इङ्ग्ल्यान्डका पूर्वकप्तान बेन स्टोक्सले भविष्यमा राष्ट्रिय टोलीको प्रशिक्षक बन्न आफू इच्छुक रहेको बताएका छन् ।

‘फर द लभ अफ क्रिकेट’ पोडकास्टमा बोल्दै ३५ वर्षीय स्टोक्सले ह्यारी ब्रुक आफ्नो उत्तराधिकारीका रूपमा इङ्ग्ल्यान्डको टेस्ट कप्तान नबनेकोमा आश्चर्य र जो रुटलाई त्यो जिम्मेवारी दिइएकोमा चिन्ता व्यक्त गरेका छन् ।

सन् २०२२ देखि इङ्ग्ल्यान्डको टेस्ट टोलीको कप्तान रहेका स्टोक्सले गएको जुनमा न्युजिल्यान्डसँगको शृङ्खलाको तेस्रो तथा अन्तिम टेस्ट चलिरहँदा अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्याशित रूपमा सन्न्यासको घोषणा गरेका थिए । लन्डनको एक नाइट क्लबमा भएको घटनाका कारण न्युजिल्यान्डसँगको दोस्रो टेस्ट गुमाएको केही हप्तामै उनले सन्न्यासको घोषणा गरेका थिए ।

स्टोक्सले सन् २०२७ को एशेजका लागि आफ्नो सन्न्यास उल्टाउन सक्ने सुझावहरूलाई पनि अस्वीकार गरेका छन् ।

टेस्ट कप्तानका रूपमा रुटको पहिलो कार्यकाल सन् २०१७ देखि २०२२ सम्म थियो र उनले इङ्ल्यान्डको नेतृत्व गर्दै ६५ खेलमा कीर्तिमानी २७ जीत दिलाएका छन् ।

प्रकाशित मिति:
थप खेलकुद