नेभिगेशन

महिला टी–२० एशिया कप : भारत र पाकिस्तानबीचको खेल सेप्टेम्बर ५ मा

काठमाण्डाै – एशियाली क्रिकेट परिषद् (एसीसी) ले महिला टी–२० एशिया कपको तालिका सार्वजनिक गरेको छ । एसीसीका अनुसार प्रतियोगिता अगस्ट २८ देखि यूएईको दुबईमा शुरू हुनेछ ।

८ वटा टोलीको सहभागिता रहेको यस प्रतियोगिताको उद्घाटन खेल समूह ‘ए’ मा रहेका हङकङ र थाइल्यान्डबीच हुनेछ । यस्तै भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल सेप्टेम्बर ५ मा हुनेछ ।

महिला एशिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, थाइल्यान्ड र हङकङ रहेका छन् । समूह ‘बी’ मा साविक विजेता श्रीलङ्का, बङ्गलादेश, आयोजक यूएई र इन्डोनेशिया रहेका छन् ।

प्रतियोगिताका सबै खेलहरू फ्लडलाइटमा सञ्चालन हुनेछन् र फाइनल खेल सेप्टेम्बर १३ मा हुनेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलहरू सेप्टेम्बर १० र ११ मा हुनेछन् ।

टी–२० फर्म्याटको महिला एशिया कपको यो छैटौँ र सम्रगमा नवौँ संस्करण हो । भारतले चार पटक एकदिवसीय फर्म्याटको र तीन पटक टी–२० फर्म्याटको उपाधि जितेको छ । यस्तै बङ्गलादेशले सन् २०१८ मा उपाधि जितेको छ ।

प्रकाशित मिति:
थप खेलकुद