नेभिगेशन

ग्लाेबल आईएमई बैंककाे युवा लक्षित ‘ग्लाेबल नेक्स्ट जेन अकाउन्ट’

काठमाण्डाै –  ग्लाेबल आईएमई बैंकले युवा लक्षित ‘ग्लाेबल नेक्स्ट जेन अकाउन्ट’ सञ्चालनमा ल्याएकाे छ । बैंकले घरबाटै डिजिटल रूपमा खाता खोल्ने सुविधा उपलब्ध गराएको हाे ।

राष्ट्रिय परिचयपत्र वा राहदानी भएका सेवाग्राहीले बैंकमा उपस्थित नभई अनलाइनमार्फत खाता खोल्न सक्ने बैंकले जनाएकाे छ ।

बैंकका अनुसार सेवाग्राहीले घरबाटै मोबाइल बैंकिङ सेवा पनि सञ्चालन गर्न सक्नेछन् । पहिलो वर्ष मोबाइल बैंकिङ प्रयोगमा कुनै शुल्क लाग्ने छैन भने खातामा न्यूनतम मौज्दात शून्य राखिएको छ ।

‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ मा आकर्षक ब्याजदरको सुविधा उपलब्ध रहेकाे ग्लाेबल आईएमई बैंकले जनाएकाे छ ।

प्रकाशित मिति:
थप अर्थ