नेभिगेशन

मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका दाजुभाइ नागेन्द्र र सुरेश रिहा

काठमाण्डौ — मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ ३८ दिनपछि घर आईपुग्नुभएको छ । भारतको सीतामढी जिल्लास्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेशकुमार झाको एकल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएपछि उहाँहरु हिजो नेपाल आइपुग्नु भएको हो ।

बलरा नगरपालिका–५ का ६० वर्षीय नागेन्द्रप्रसाद सिंह र ५५ वर्षीय सुरेशप्रसाद सिंह गएको असार १७ मा पक्राउ पर्नुभएको थियो । दुई बोरा युरिया र ६ बोरा डीएपी मल साइकलमा राखेर घर फर्किनेक्रममा दुवै जनालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय कृषि विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

मल तस्करीको आरोपमा सिंह दाजुभाइलाई सीतामढीको डुमरास्थित कारागार चलान गरिएको थियो । पक्राउ खबर सार्वजनिक भएपछि परराष्ट्रमन्त्री शिशिर खनालले चासो राखेर नयाँदिल्लीमा रहेको नेपाली दूतावासमार्फत भारत सरकारसँग कूटनीतिक समन्वय शुरु गर्नुभएको थियो ।

उहाँहरुलाई लिन परिवार भारत पुगेको थियो । १०/१० हजार भारतीय रुपैयाँ धरौटीमा छुटेका सिंह दाजुभाइले तारिखका लागि अदालत धाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति:
थप समाज