नेभिगेशन

इन्फान्टिनाेलाई हटाउने अभियानकाे फिफाले आलाेचना गर्‍याे

काठमाण्डाै – फिफाले आफू र आफ्ना अध्यक्ष जियानी इन्फान्टिनोलाई ‘कमजोर पार्ने’ उद्देश्यले गरिएको भनिएको ‘सुनियोजित र निरन्तर प्रयास’ को कडा आलोचना गरेको छ ।

‘डेली टेलिग्राफ’ को प्रतिवेदनले इन्फान्टिनो महासचिव रहँदा उनको सम्बन्ध रहेकी भनिएकी महिलालाई युरोपेली फुटबल महासङ्घ (यूईएफए) ले सेवा–समाप्तिबापतको भुक्तानी दिएको दाबी गरेको छ । तर इन्फान्टिनोले आफूमाथि लागेका आरोपहरूलाई अस्वीकार गरेका फिफाका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

फिफाले ‘टेलिग्राफ’ को दाबीको आलोचना गर्दै ‘अडकलबाजी र सङ्केतहरूलाई तथ्यका रूपमा प्रस्तुत गर्न नहुने’ उल्लेख गरेको छ ।

विश्वकपलगायतका प्रतियोगिताहरूको शेयर निजी लगानीकर्तालाई बेच्ने विवादास्पद ‘फिफा फरवार्ड इन्टरप्राइज’ (एफएफई) सम्बन्धी रद्द भएको प्रस्तावलाई लिएर इन्फान्टिनोमाथि यूइएफए र युरोपेली फुटबल सङ्घहरूको दबाव बढ्दै गएको छ ।

एफईईको अर्थ व्यावसायिक तथा टिकटसम्बन्धी अधिकारहरूको व्यवस्थापन गर्न एउटा नयाँ कम्पनी स्थापना गर्ने र त्यसको २१ प्रतिशत हिस्सा एउटा निजी लगानी कम्पनीलाई बिक्री गर्ने थियो ।

यूईएफएले इन्फान्टिनोमाथिको विश्वास गुमेको बताउँदै फिफाका कार्यक्रमहरू बहिष्कार गर्ने चेतावनी कायमै रहेको बताएको छ । साथै यूईएफएले एफएफई योजनालाई फेरि ब्युँताउन नसकिने भन्ने सुनिश्चितता प्राप्त नभएको पनि जनाएको छ ।

इन्फान्टिनोको विरोध मुख्यतया युरोपभित्रैबाट भइरहेको छ । उनी सन् २०१६ देखि फिफाको अध्यक्ष छन् ।

प्रकाशित मिति:
थप खेलकुद