नेभिगेशन

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाण्डौ – पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठलाई ललितपुरको आफ्नै निवासबाट प्रहरीले हिजो बेलुकी पक्राउ गरेको हो । जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौको हिरासतमा राखिएका श्रेष्ठलाई आज अदालतमा उपस्थित गराउने तयारी छ ।

उपसभामुख रुवीकुमारी ठाकुरले पनि जनआस्था डटकमको सामाजिक सञ्जाल पेजबाट आफ्नो तस्बिरसहित आपत्तिजनक र धम्क्याउने किसिमको सामग्री प्रकाशित भएको भन्दै हिजो प्रेस काउन्सिल नेपालमा उजुरी दिनुभएको थियो । 

प्रकाशित मिति:
थप समाज