नेभिगेशन

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो : दाजुभाइ घाइते

काठमाण्डौ — दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

तुलसीपुरको गुमराहचोक नजिकै दुई वटा मोटरसाइकल ठोक्किँदा घाइते भएका तुलसीपुर उपमहानगर–१४ ड्वाँङपुरका ३३ वर्षीय कमलेश चौधरीको उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।

गम्भीर घाइते चौधरीलाई उपचारका लागि न्युरो अस्पताल नेपालगञ्ज लगिएको थियो । दुर्घटनामा तुलसीपुर–६ का ३० वर्षीय बसन्त बस्नेत र उहाँका भाइ २५ वर्षीय विवेक घाइते हुनुहुन्छ । दाजुभाइको तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज