नेभिगेशन

टेस्ट क्रिकेटमा ३०० विकेट लिने नवौँ अस्ट्रेलियन बने हेजलउड

काठमाण्डाै – जोश हेजलउड टेस्ट क्रिकेटमा ३०० विकेट लिने अस्ट्रेलियाका नवौँ बलर बनेका छन् । घरेलु मैदान डार्विनमा बङ्गलादेशसँगको पहिलो टेस्टमा ६ विकेट लिएसँगै ३५ वर्षीय बलरले यो उपलब्धि हासिल गरेका हुन् ।

हेजलउड आफ्ना सहकर्मीहरू नाथन लियोन, प्याट कमिन्स र मिचेल स्टार्कसँगै ‘टेस्ट–३०० क्लब’ मा सामेल भएका छन् । यी ४ जना खेलाडी ३०० विकेट लिइसकेपछि सँगै खेल्ने इतिहासकै एकमात्र टोलीका सदस्य हुन् ।

टेस्ट क्रिकेटमा ३०० विकेट लिने ९ जना अस्ट्रेलियाली बलरमध्ये ग्लेन म्याकग्रा (२१.६४), कमिन्स (२२.२१) र डेनिस लिली (२३.९२) ले मात्र हेजलउडको २४.०२ को भन्दा राम्रो औसतमा यो उपलब्धि हासिल गरेका छन् ।

हेजलवुडले चोटका कारण अस्ट्रेलियाका पछिल्ला १४ टेस्टमध्ये केवल ६ वटामा मात्र खेलेका छन् र १ वर्षपछि टेस्ट क्रिकेटमा फर्किएका हुन् ।

यसैबीच डार्विनमा चलिरहेको टेस्टमा तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले दोस्रो पारीमा ४ विकेट गुमाएर १६१ रन बनाएको छ । अस्ट्रेलिया अझै ६७ रनले पछि छ । पहिलो पारीमा बङ्गलादेशले ४२६ र अस्ट्रेलियाले १९८ रन बनाएको थियो ।

प्रकाशित मिति:
थप खेलकुद