नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोज १५ देखि २४ गतेसम्म

एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदो असोज १५ देखि २४ गतेसम्म आयोजना हुने भएको छ । आयोजकले प्रतियोगिता काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला कभर्डहलमा हुने जानकारी दिएको हो ।

एशियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लिगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यावसायीकरणमा थप योगदान पुर्‍याउने विश्वास आयोजकको छ ।

तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिम रोयल्स वारियर्स नयाँ फ्रेन्चाइज टोलीका रूपमा थपिएको छ । अब प्रतियोगितामा सुदूरपश्चिमसहित कर्णाली यशविस, ललितपुर क्विन्स, काठमाण्डौ स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ७ वटा टोली पुगेका छन् ।

लिगको पहिलो संस्करण काठमाण्डौमा र दोस्रो संस्करण पोखरामा आयोजना भएको थियो ।

यसअघि हिजो नेपाल भलिबल लिग (एनभीएल) को मिति सार्वजनिक भएको थियो । एनभीएल आउँदो भदौ १९ देखि २७ गतेसम्म दशरथ रङ्गशाला कभर्डहलमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति:
थप खेलकुद