नेभिगेशन
बिहीबार, असोज २२, २०८३

सिटीलाई हराउँदै कम्युनिटी शिल्ड प्रतियोगीताको उपाधी आर्सनलले जित्यो

इंग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनलले म्यानचेस्टर सिटीलाई ३–० ले पराजित गर्दै सन २०२६ को कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

प्रिन्सिपालिटी स्टेडियममा हिजो भएको खेलमा आर्सनलले सुरुआतमै अग्रता बनायो ।  खेल शुरु भएको २३ सेकेन्डमै माइल्स लुइस स्केलीको पासमा रिकार्डो कालाफिओरीले गोल गर्दै टोलीलाई अघि बढाए ।

आर्सनलले २८औँ मिनेटमा अग्रता दोब्बर बनायो । नयाँ खेलाडी क्रिस्टोस त्जोलिसले मार्टिन ओडेगार्डको क्रसलाई गोलतर्फ फर्काएपछि काइ हाभट्र्जले हेडमार्फत गोल गरे ।

दोस्रो हाफ शुरु भएको तीन मिनेटमै आर्सनलले तेस्रो गोल थप्यो । त्जोलिसको पासमा ओडेगार्डले सिटीको पेनाल्टी क्षेत्रमा बल पाए ।

एफए कप विजेता सिटीमाथिको जितसँगै आर्सनलले पछिल्लो चार महिनामा दोस्रो उपाधि जितेको हो । आर्सनलको यो समग्रमा १८औँ कम्युनिटी शिल्ड उपाधिसमेत हो । 

प्रकाशित मिति:
थप खेलकुद