नेभिगेशन

राेनाल्डाेले दिए सन्न्यासकाे सङ्केत

विश्व फुटबलका हस्ती क्रिस्टियानो रोनाल्डोले यो सिजन (२०२६–२७) व्यावसायिक फुटबलमा आफ्नो अन्तिम वर्ष हुन सक्ने खुलासा गरेका छन् ।

साउदी क्लब अल–नासरका लागि खेल्ने ४१ वर्षीय रोनाल्डोले गएराति ‘भोग’ म्यागजिनसँगको कुराकानीमा आफ्नो भविष्य र व्यक्तिगत जीवनबारे खुलेर कुरा गरेका छन् ।

भर्खरै पोर्चुगलको कास्काइसमा प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह बन्धनमा बाँधिएका रोनाल्डोले विवाह र परिवारबारे कुराकानी गर्ने क्रममा सन्न्यासको विषय पनि उठाएका छन् ।

रोनाल्डो र रोड्रिगेजले पहिलो पटक भेट भएको ठ्याक्कै १० वर्षपछि यही अगस्ट ११ मा एक निजी समारोहमा विवाह गरेका हुन् ।

आफ्ना भावी योजनाबारे सोध्दा रोनाल्डोले फुटबलमा यो आफ्नो अन्तिम वर्ष हुन सक्ने र एउटा शानदार विरासत छोड्न चाहेको बताएका छन् । ‘हुन सक्छ’ भन्ने शब्द प्रयोग गरेर उनले कुनै निश्चित मिति त तोकेनन् तर यस सिजनपछि खेल मैदानबाट बिदा लिने तयारी गरिरहेको बलियो सङ्केत भने दिए ।

स्पोर्टिङ सीपीदेखि म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्ट्स र पछिल्लो पटक अल–नासरसम्मको २५ वर्षे यात्रा तय गरेका रोनाल्डोले सन्न्यासपछिको जीवनका लागि योजनाहरू बनाइसकेका छन् ।

प्रकाशित मिति:
थप खेलकुद