नेभिगेशन

काभ्रेमा जीप दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे

काठमाण्डाै – काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर १ स्याउरीथलीमा आज बिहान जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अरू ३ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा खानीखोला–४ का कलबबहादुर माझी र खानीखोला–२ की पातलीमाया मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पनौती–तालढुङ्गा भित्री सडक खण्डअन्तर्गत स्याउरीथलीमा जीप सडकबाट तल खसेको हो ।

प्रकाशित मिति:
थप समाज