नेभिगेशन

अफगानिस्तानले रसुलीकाे कप्तानीमा एशियाली खेलकुद खेल्ने

काठमाण्डाै – जापानको आइची–नागोयामा हुने सन् २०२६ को एशियाली खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगिताका लागि अफगानिस्तानको टोली घोषणा भएको छ ।

अफगानिस्तानले मुख्यतया युवा खेलाडीहरू समेटेर टोली घोषणा गरेको छ । १५ सदस्यीय टोलीको नेतृत्व दार्विश रसुलीले गर्नेछन् भने टोलीमा नजिबुल्लाह जद्रान र करिम जन्नतजस्ता अनुभवी खेलाडीहरू पनि समावेश छन् ।

अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) को राष्ट्रिय छनोट समितिले चयन गरेको टोलीमा समावेश धेरैजसो खेलाडीहरू भर्खरै सम्पन्न ११औँ संस्करणको ‘श्पागीजा क्रिकेट लिग’ (एससीएल) बाट आएका हुन् । नियमित कप्तान राशिद खान तथा रहमानुल्लाह गुरबाज र अजमतुल्लाह ओमरजाईलगायतका अन्य प्रमुख खेलाडीहरू भने यस टोलीमा छैनन् ।

एशियाली खेलकुद आउँदो सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म आयोजना हुने तय भएको छ । त्यसअघि अफगानिस्तानले दिल्लीमा भारतसँग ३ खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्नेछ । एशियाली खेलकुदमा अफगानिस्तानले समूह चरणमा नेपाल र जापानसँग खेल्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद