नेभिगेशन

नेपाल ‘ए’ टाेली नर्दन टेरिटोरीसँग ८ विकेटले पराजित

काठमाण्डाै – अस्ट्रेलियामा आजदेखि शुरू भएको टप इन्ड टी–२० शृङ्खलामा नेपालको ‘ए’ टोली पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको छ ।

नेपाल ‘ए’ ले दिएको १२३ रनको लक्ष्य नर्दन टेरिटोरीले १५ ओभरमा २ विकेट गुमाएर भेटायो । नर्दन टेरिटोरीका डाउट्जी होगेनबुजेमले नटआउट ५०, जोर्डन सिल्कले नटआउट ४२ रन बनाए । नेपाल ‘ए’ का पवन सर्राफले २ विकेट लिए  ।

यसअघि डार्बिनमा टस हारेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनायो । नेपाल ‘ए’ का पवर्न सर्राफले ४१ रन बनाए । नर्दन टेरिटोरीका हमिश मार्टिनले ३ विकेट लिए ।

प्रतियोगितामा नेपालले भोलि बङ्गलादेशको हाई पर्फर्मेन्ससँग, भदौ ८ गते होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ गते हैदराबाद किङ्समेन एकेडेमी र भदौ १३ गते भिक्टोरिया सीए–११ सँग खेल्ने तालिका छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार अस्ट्रेलियामा रहँदा नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियासँग एकदिवसीय अभ्यास खेल पनि खेल्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद