नेभिगेशन

टप इन्ड टी–२० क्रिकेटमा आज नेपाल ‘ए’ र बङ्गलादेश हाई पर्फर्मेन्स खेल्दै

टप इन्ड टी–२० क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालको ‘ए’ टोलीले आज बङ्गलादेश हाई पर्फर्मेन्स–११ सँग खेल्दैछ ।

खेल अस्ट्रेलियाको डार्विन मरारा ओभलमा नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालको ‘ए’ टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको थियो । नेपालले पर्सि भदौ ८ गते होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ गते हैदराबाद किङ्समेन एकेडेमी र भदौ १३ गते भिक्टोरिया सीए–११ सँग खेल्ने तालिका छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार अस्ट्रेलियामा रहँदा नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियासँग एकदिवसीय अभ्यास खेल पनि खेल्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद