नेभिगेशन

आज विभिन्न २६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाण्डौ — आज विभिन्न २६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ उपत्यकासहित ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र डोटी आसपासका जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।

त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मध्यम वर्षा हुन सक्ने अनुमान छ ।

कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र गण्डकी प्रदेशको पहाडी एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।    

प्रकाशित मिति:
थप समाज