नेभिगेशन

प्रधानमन्त्रीलाई अस्ताम डाँडाबासीको माग, हाम्रो डाँडामा पानी र बाटो पुगोस्

काठमाण्डौ — कास्कीको अस्ताम डाँडाका बासिन्दाले प्रधानमन्त्रीलाई खानेपानी, सडक र देशमा दण्डहीनताको अन्त्य गर्न सुझाव दिएका छन् ।

पोखराको माछापुच्छ्रे गाउँपालिका–६ अस्ताम पुग्नुभएका प्रधानमन्त्री वालेन्द्र साहसमक्ष स्थानीयबासीले वर्षौंदेखिको खानेपानी समस्या समाधान र कच्ची बाटो कालोपत्र गरिदिन आग्रह गरेका हुन् ।

स्थानीयबासी ज्ञानु अधिकारीले पुराना राजनीतिक दलहरूबाट निराशा मात्र मिलेको भन्दै नयाँ नेतृत्वले देशमा सुशासन कायम गर्ने र अपराध गर्नेलाई कठोर सजाय दिने कानुन बनाउने आशा व्यक्त गर्नुभयो ।

यस्तै, स्थानीय अगुवा प्राध्यापक नन्दलाल अधिकारीले पर्यटकीय सम्भावना भए पनि खानेपानी र सिँचाइको अभावमा तरकारी खेती विस्तार गर्न नसकिएको बताउँदै बाटो र पानीको व्यवस्था भए गाउँले समृद्ध हुने उल्लेख गर्नुभयो ।

पोखरा नजिकै भए पनि कच्ची सडकका कारण बिरामीलाई अस्पताल पुर्‍याउन समेत सास्ती खेप्नुपरेको स्थानीयको भनाइ छ । मनोरम हिमशृङ्खला देखिने अस्तामवासीले प्रधानमन्त्रीको भ्रमणबाट विकास र न्यायको नयाँ आशा राखेका छन् ।

प्रकाशित मिति:
थप समाज