नेभिगेशन

नेपाली कांग्रेसद्वारा महिला ‘ग्रिन रन’को रि–रन आयोजना

काठमाण्डौ — नेपाली काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु सचेतनाका लागि महिला सहभागीहरूबीच ‘ग्रिन रन’को रि–रन आयोजना गरेको छ ।

गएको साउन ६ गते बिपी कोइराला स्मृति दिवसमा आयोजित दौडमा प्राविधिक कारणले महिलातर्फको विजेता छनौट हुन नसकेपछि आज पुनः यो दौड गराएको हो ।

दौडको शुभारम्भ गर्दै काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनका असरबारे जनचेतना जगाउनु राजनीतिक दलहरूकै जिम्मेवारी भएको बताउनुभयो ।

काँग्रेस सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पनि जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि महिलाहरूको सहभागिता महत्त्वपूर्ण रहेको बताउनुभयो ।

प्रतियोगितामा सहभागी महिलाहरूले जलवायु सचेतनाका साथै बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कारबाही र न्यायको माग गर्दै ‘जस्टिस फर गरिमा’को नारा लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति:
थप खेलकुद