नेभिगेशन

अमेरिकी डलरको भाउ ५३ पैसाले घट्यो

काठमाण्डौ – नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको नयाँ विनिमय दरअनुसार आज अमेरिकी डलरको मूल्य केही घटेको छ ।

हिजोको तुलनामा आज अमेरिकी डलरको खरिद तथा बिक्री दुवै दरमा ५३ पैसाले कमी आएको हो । राष्ट्र बैङ्कले आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरेको छ ।

यस्तै आज साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ५८ पैसा, बिक्रीदर ४० रुपैयाँ ७४ पैसा तोकिएको छ । कतारी रियालको खरिददर ४१ रुपैयाँ ७९ पैसा, बिक्रीदर ४१ रुपैयाँ ९६ पैसा तोकिएको छ भने युएई दिरामको खरिददर ४१ रुपैयाँ ४८ पैसा, बिक्रीदर ४१ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ ६५ पैसा, बिक्रीदर ३७ रुपैयाँ ८० पैसा र कुवेती दिनारको खरिददर ४९६ रुपैयाँ ५६ पैसा, बिक्रीदर ४९८ रुपैयाँ ५२ पैसा तोकिएको छ ।  

प्रकाशित मिति:
थप अर्थ