नेभिगेशन

रविन्द्र ढाँट ‘रोड टू यूएफसी’ फाइनलमा

काठमाण्डाै – ‘बझाङ्गी बाघ’ उपनामले चिनिने नेपालका फाइटर रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ सिजन–५ को फाइनलमा पुगेका छन् ।

चीनकाे शाङ्घाईमा रहेकाे अक्टागनमा आज भएकाे सेमिफाइनलमा रविन्द्रले न्युजिल्यान्डका कासिब मर्डाेकलाई हराए । ३ राउन्डसम्म चलेकाे खेलमा रविन्द्र ‘स्प्लिट डिसिजन’ का आधारमा विजयी भएका हुन् ।

रविन्द्रले अब फाइनलमा जापानका रियो ताजिमासँग खेल्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई हराएका थिए । फाइनल जितेमा रविन्द्र यूएफसीका लागि छनोट हुनेछन् ।

प्रकाशित मिति:
थप खेलकुद