नेभिगेशन

चितवनमा भेटिएका पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिने

काठमाण्डौ रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका तर पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज निकालेको सूचनाअनुसार बाढीपछि जिल्लामा अहिलेसम्म संकलन भएका २३३ शवमध्ये ४ वटा पहिचान भएको र २२९ वटा शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा रहेका छन् । होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शव तथा शवका अवशेष सडेगलेर पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन् ।

प्रशासनले ती शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषणका आधारमा जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

जिल्ला सुरक्षा समिति चितवनको आज बिहान बसेको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम सबै शवलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शव व्यवस्थापन गर्नुअघि सबै शवको डीएनए नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिनेछ । त्यसपछि भरतपुर महानगरपालिका–९, देवघाटको खुला ठाउँमा आजैदेखि शव व्यवस्थापन कार्य गरिने प्रशासनले जनाएको छ ।

chitwon-1787979420.jpg
 

प्रकाशित मिति:
थप समाज