नेभिगेशन

प्रिमियर लिगमा टोटनहमलाई हराउँदै न्युक्यासलको पहिलो जित

काठमाण्डौ – न्युक्यासल युनाइटेडले प्रिमियर लिगमा पहिलो जित दर्ता गर्दा टोटनहम हटस्परले लगातार दोस्रो हार बेहोरेको छ ।

हिजो भएको खेलमा न्युक्यासलले टोटनहमलाई २–० ले पराजित गरेको हो । घरेलु टोलीका लागि एन्थोनी एलाङ्गा र योआने विसाले गोल गरे ।

गएको हप्ता लिभरपुलसँग २–२ को बराबरी हुँदा न्यु क्यासलका लागि प्रिमियर लिगमा पहिलो गोल गरेका एलाङ्गाले यस खेलमा पनि गोल गर्दै नयाँ सिजनमा आफ्नो गोल संख्या २ पुर्‍याएका छन् ।

खेलको ६२ औं मिनेटमा उनले निको गोन्जालेज र अमार डेडिचको सहयोगमा गोल गरेका थिए । त्यसपछि ७२ औं मिनेटमा विसाले गोल गर्दै न्यु क्यासलको जित पक्का गरे । टोटनहमले सिजनको शुरुवाती दुई खेलमै लगातार हार बेहोरेको छ ।

प्रकाशित मिति:
थप खेलकुद