नेभिगेशन

स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लियो एट्लेटिको

काठमाण्डौ – सेभियाविरुद्ध ३–१ को सहज जित निकाल्दै एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार रामोन साञ्चेज पिज्जुआन रंगशालामा पाहुना टोली एट्लेटिकोलाई जित दिलाउन एलेक्स बाइनाले दुई र एडेमोला लुकम्यानले एक गोल गरे । सेभियाका लागि मिगुएल सिएराले एक गोल फर्काए ।

खेलको चौथो मिनेटमा बाइनाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । २६औँ मिनेटमा लुकम्यानले टोलीको अग्रता दोब्बर बनाए । बाइनाले ३३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा एट्लेटिकोको अग्रता ३–० मा पुग्यो ।

६६औँ मिनेटमा सिएराले गरेको गोल सेभियाका लागि सान्त्वना बन्यो । जितसँगै एट्लेटिकोले तीन खेलबाट सात अंक जोडेको छ । पहिलो हार ब्यहोरेको सेभिया समान खेलबाट ६ अंकका साथ पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति:
थप खेलकुद