नेभिगेशन

‘एनएसजेएफ स्पोर्ट्स अवार्ड’ : ४ विधाका मनोनयन सार्वजनिक

काठमाण्डाै – नेपाली खेलकुदको प्रतिष्ठित ‘एनएसजेएफ स्पोर्ट्स अवार्ड’ २०८२ को ४ विधाका मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले आज वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा समान ५ मनोनयन सार्वजनिक गरेको हो ।

वर्ष पुरुष खेलाडीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य परेका छन् । 

वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा करातेकी एरिका गुरुङ, सविना  श्रेष्ठ र सानुमाया थिङ तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् । 

वर्ष युवा खेलाडीको मनोनयनमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद र मनिषा कुमारी बोहोरा तथा चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव समावेश परेका छन् ।

वर्ष प्रशिक्षकको मनोनयमा बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुआर्ट ल र नेत्रहीन महिला क्रिकेटका पुरन सिंह खत्री परेका छन् ।

यसैबीच अयोजकले यस पटकको अवार्ड बाढी पीडितलाई समर्पित गर्ने बताएको छ । छनोट समितिका सदस्य निरञ्जन राजवंशीले देशमा आएको विनाशकारी बाढीको समयमा अवार्डलाई ठूलो उत्सवका रूपमा नमाउने र मानवीय क्षतिमा समवेदना व्यक्त गर्दै आयोजना गर्न लागेको बताउनुभयो ।

यस पटक पनि ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित हुँदैछन् । यसमध्ये पिपल्स च्वाइस विधाको मनोनयनमा फुटबलकी पूजा राना, भलिबलकी मीना सुनार, करातेकी सानुमाया थिङ, मिक्स मार्सल आट्र्सका रवीन्द्र ढाँट र क्रिकेटका शेर मल्ल छन् ।

अन्य विधा लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल र एशियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा त्यही दिन गरिनेछ ।

२३औं संस्करणको अवार्ड भदौ १८ गते काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको नेपाल पुलिस क्लबमा आयोजना हुँदैछ ।

प्रकाशित मिति:
थप खेलकुद