नेभिगेशन

यूएस ओपनकाे पहिलो चरणबाटै बाहिरिए नोभाक जोकोभिच

काठमाण्डाै – सर्बियाका नोभाक जोकोभिच यूएस ओपनको पहिलो चरणबाटै बाहिरिएका छन् । २४ ग्रान्ड स्लाम जितिसकेका ३९ वर्षीय जोकोभिच अर्जेन्टिनाका मारियानो नाभोनेसँग पराजित भएका हुन् ।

४९औँ वरीयताका २५ वर्षीय नाभोनेले चौथो वरीयताका जोकोभिचलाई हराए । नाभोनेले ५ सेटको रोमाञ्चक प्रतिस्पर्धामा जोकोभिचलाई ७–६, ५–७, ४–६, ६–२, ६–१ ले पराजित गरे ।

यूएस ओपनको पहिलो चरणमै पराजित भएपछि जोकोभिच भक्कानिएर रोएका थिए । खेल अवधिभर उनले शारीरिक असहजताको सामना गरे र खेलको एउटा चरणमा त बान्तासमेत गरे ।

यस नतिजाले ग्रान्ड स्लामको पहिलो चरणमा जोकोभिचको लगातार ७८ खेलको जीतको यात्रासमेत टुङ्गिएको छ । उनले सन् २००६ को अस्ट्रेलियन ओपनमा पल गोल्डस्टिनसँग पराजित भएयता पहिलो चरणमा हार बेहोरेका थिएनन् ।

प्रकाशित मिति:
थप खेलकुद