नेभिगेशन

मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा

काठमाण्डौ - अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।

करिब दुई दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकपसहित महत्त्वपूर्ण उपाधि जिताएका मेस्सीले अब आफूले दिने सबै कुरा दिइसकेको बताएका छन् । ३९ वर्षीय मेस्सीले हिजो सामाजिक सञ्जालमार्फत सन्न्यासको निर्णय सार्वजनिक गरेका हुन् । मेस्सीले आफ्नो निर्णय निकै पीडादायी भए पनि अब समय आएको बताएका छन् ।

अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सक्दो प्रयास गरेको र देशलाई खुसी तथा गर्व गर्ने अवशर दिन मैदानमा सबै कुरा दिएको उनको भनाइ छ । सन् २००५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेल खेल्दै १२५ गोल गरेका छन् । उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता र सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन् ।

उनकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ मा कतारमा भएको विश्वकप जितेको थियो । त्यस्तै सन् २०२१ र २०२४ कोपा अमेरिका उपाधि पनि अर्जेन्टिनाले मेस्सीको नेतृत्वमा हात पारेको थियो । २०२६ को विश्वकपमा पनि अर्जेन्टिना स्पेनसँग पराजित भएको थियो ।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका मेस्सी क्लब फुटबलमा भने अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मायामीबाट खेलिरहेका छन् ।

प्रकाशित मिति:
थप खेलकुद