नेभिगेशन

बाढी प्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाण्डौ - विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरूलाई आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’, मनोसामाजिक परामर्शलगायत सेवा प्रभावित क्षेत्रमा प्रदान गर्न थालिएको छ । 

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए) को सहकार्यमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले आवश्यक पर्ने सामग्री वितरण थालेका हुन् । आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य परियोजनामार्फत घरबारसहित आफन्तजन गुमाएर पीडामा रहेका महिलाहरुलाई  मर्यादा सामग्री (डिग्निटी कीट), किशोरीहरूलाई ‘किशोरी कीट’ सहित सामग्री वितरण भइरहेको छ । 

साथै प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सेवा सञ्चालन पनि भैरहेको यूएनएफपिएले जनाएको छ । नेपाल रेडक्रस सोसाइटीका अनुसार अस्थायी आश्रयस्थल रहेका ककनी/किस्पाङ क्षेत्र, त्रिभुवन मावि, विदुर, बट्टार तामाङ प्लाजा र सामुदायिक बहुउद्देश्यीय भवन विदुरलगायतका स्थानमा रहेका प्रभावित महिला तथा किशोरीहरूलाई ‘डिग्निटी कीट’ उपलब्ध गराइएको छ । 

यस्तै धादिङ र रसुवाका प्रभावित महिला तथा किशोरीहरूका लागि समेत ‘डिग्निटी कीट’ वितरण गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति:
थप समाज