नेभिगेशन

चीनले खुलायो भोटेकोशी बाढीले बगाएको सडक

काठमाण्डाै – चीनले रसुवागढी जोड्ने केरुङ नाका जाने स्थलमार्ग पूर्णरूपमा पुनः सञ्चालनमा ल्याएको छ ।

सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरुङ (जिरोङ) नाकामा लेदोसहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ । बाढीले बगेको सडक खुलाएसँगै उद्धारकर्मी, राहत सामग्री, उपकरण सडकमार्फत विपद्को मुख्य प्रभावित क्षेत्रमा पुर्‍याएर थप उद्धार कार्य सञ्चालन गर्न सक्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रिय राजमार्ग जी–२१६ का विभिन्न खण्डमा सडक सफा गर्ने काम चलिरहेको छ । खोज तथा उद्धार कार्य पनि निरन्तर भइरहेको छ ।

यसअघि भदौ १० गतेको बाढीले केरुङ बन्दरगाह तथा चीन र नेपालतर्फको अध्यागमन कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको थियो ।

प्रकाशित मिति:
थप समाज