नेभिगेशन

काठमाण्डौ–हेटौंडा सडकमा चाप बढेपछि अर्को वैकल्पिक मार्ग सञ्चालनको तयारी

काठमाण्डौ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाण्डौ–हेटौंडा जोड्ने सडकमा गाडीको चाप बढेको छ ।

त्रिभुवन राजपथसँगै भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली तथा फाखेल मार्गमा अत्यधिक चाप बढेको हो । पृथ्वी राजमार्ग लामो समय खुल्ने सम्भावना नदेखिएपछि बागमती प्रदेश सरकारले भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

 प्रदेश सरकारका अनुसार यो सडकको मर्मत तथा स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमै बजेट विनियोजन भएको छ । सडकको अवस्था हेरेर तत्काल आवश्यक मर्मतको काम अघि बढाइ गाडी आवागमन योग्य बनाउने तयारी भएको प्रदेश सरकारले जनाएको छ ।

यो सडक सञ्चालनमा आएपछि हेटौँडा–काठमाण्डौ आवागमनका लागि थप विकल्प उपलब्ध हुने तथा पृथ्वी राजमार्गलगायतका मुख्य सडक अवरुद्ध भएका बेला यात्रु तथा गाडीलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
थप समाज