नेभिगेशन

एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दै

काठमाण्डौ – मलेसियामा चलिरहेको एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरबसँग खेल्दैछ ।

समूह ‘ए’ अन्तर्गतको यो खेल क्वालालम्पुरमा रहेको बायुमास ओभलमा नेपाली समयानुसार विहान सवा ७ बजे शुरु हुनेछ । नेपालले यसअघि प्रतियोगितामा लगातार दुई खेल जितेको छ ।

नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले हराएको थियो । समूह ‘ए’ मा नेपाल, साउदी अरब, बहराइन, मलेसिया र हङकङ रहेका छन् ।

यस्तै समूह ‘बी’ मा यूएई, कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् । प्रतियोगिताको उपाधि जित्ने टोलीले २०२७ को एसिया कपमा स्थान बनाउने भएकाले हरेक खेल महत्वपूर्ण छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि हङकङसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल यही भदौ २७ गते शनिबार हुनेछ ।

प्रकाशित मिति:
थप खेलकुद